• Wednesday 21st of October 2026

दुर्गा प्रसाईँको सनसनीपूर्ण दाबी: ‘प्रधानसेनापतिले प्रधानमन्त्री अफर गरे, तर मैले मानिनँ’


  • धनकुटा खबर
  • .

काठमाडौ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँले जेन–जी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बन्न अफर गरिएको सनसनीपूर्ण दाबी गरेका छन्।

बिर्तामोडमा आयोजित कार्यक्रममा प्रसाईँले प्रधानसेनापति अशोकराज सिग्देलले पहिलो पटक प्रधानमन्त्री बन्न आग्रह गरे पनि आफूले अस्वीकार गरेको बताए। उनले आफूलाई ‘राजनीतिको अन्तिम अस्त्र’ र ‘एक्का’को रूपमा चित्रित गर्दै, प्रधानमन्त्री भएमा २० लाख रुपैयाँभन्दा मुनिका ऋण मिनाहा गर्ने घोषणा गरे।

प्रसाईँले अहिलेका शीर्ष नेताहरूलाई ‘राजनीतिक सुकुमबासी’ भन्दै आक्रोश प्रकट गरे। जेन–जी आन्दोलनपछि उनीहरूको पैसा डढेको, घर जलेको र अब कसैले नपत्याउने अवस्था आएको उनले टिप्पणी गरे।

ओलीलाई ‘वाल्मिकी बन्ने मौका आएको’ भन्दै उनले अबका कार्यकर्ताले गल्ती स्वीकार गर्दै आफूसँग आश्रय लिन सक्ने दाबी पनि गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖