काठमाडौ । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा प्रकाशित स्टाटस मार्फत युवा पुस्तालाई अगुवाइ सम्हाल्न आह्वान गरेका छन्।
उनले आफ्नो पोस्टमा भ्रष्टाचार र आर्थिक अपराधविरुद्ध कडा कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्दै अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने र अपराधीलाई जेल पठाउने वचन दिएका छन्।
मेयर साम्पाङले आफ्नो स्टाटसमा लेखेका छन्, “युवा हो… मलाई सरकारको नेतृत्व बनाऊ! म पेलेरै हत्यारा र भ्रष्टहरुलाई जेल कोच्छु! बिना स्रोतको सम्पत्ति सबै राष्ट्रियकरण गर्दिन्छु! कार्यकारी प्रमुखको चुनाव गराउँछु!” उनले थपे, “ढलेको देश उठाउने Vision, Decision र Commitment मेरो सङ्ग मात्रै छ। हेर्दैजानु।”
उनको यो अभिव्यक्तिले राजनीतिक एवं नागरिक वृत्तमा चर्चा बढाएको छ। साम्पाङ सार्वजनिक व्यक्तित्वका स्वभावले चर्चित रहेको र समय–समयमा सामाजिक सञ्जालमार्फत तीखा संदेश दिने गरेका छन्।
यसअघिका गतिविधि र अभिव्यक्तिको सन्दर्भमा अधिकारिरूको जवाफ प्रकाशित नभएकोले घटनाको थप पृष्ठभूमि र औपचारिक प्रतिक्रिया आवश्यक देखिन्छ।
