• Wednesday 21st of October 2026

दसैँ मनाउन कैदीबन्दीलाई गृह मन्त्रालयको ‘अवसर’


  • धनकुटा खबर
  • .

काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई सरकारले दसैँको अवसरमा फिर्ता भई आत्मसमर्पण गर्ने अवसर दिएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले असोज २० भित्र फर्किने कैदीलाई थप कारबाही नगर्ने निर्णय गरेका छन्। तर सो म्यादसम्म नफर्किए कानुनी कठोर कारबाही हुने कारागार व्यवस्थापन विभागले जनाएको छ।

यसका लागि शुक्रबारदेखि प्रत्येक जिल्लामा फरार कैदी खोजी तथा फिर्ता कार्यदल गठन गरिएको छ। विद्यालय, क्याम्पस, टोल, बसपार्क, मनोरञ्जन स्थल र सीमा नाकासम्म निगरानी बढाउने तयारी गरिएको विभागले जनाएको छ।

भदौ २४ गतेपछि देशभरका २७ कारागारबाट १४ हजार ५४९ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये ७ हजार ७ सय ३५ जना फिर्ता भइसकेका छन् भने अझै ६ हजार ८ सय १३ जना फरार छन्। भाग्ने क्रममा गोली लागी १० कैदीको मृत्यु भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖