• Wednesday 21st of October 2026

केपी ओलीलाई पहिलो कारबाही हुनुपर्छ :रक्षा बम


  • धनकुटा खबर
  • .

काठमाडौ । जेन-जी आन्दोलनकी नेतृ रक्षा बमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिलो कारबाही गर्नुपर्ने माग गरेकी छन्।

उनले प्राइम टिभीको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, ललिता निवास प्रकरण, वाइडबडी काण्डलगायतमा संलग्न सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिइन्।

आन्दोलनका क्रममा आफ्ना साथीलाई गोली प्रहार भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले ओलीलाई अब नेतृत्वमा देख्न नचाहेको स्पष्ट पारिन्। साथै, भ्रष्टाचार र दुराचारमा संलग्न सबै नेतामाथि दलभित्रै प्रश्न उठाएर सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याइन्।

रक्षा बमले पाका नेताहरुलाई अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउँदै सडकमा जनताको आक्रोशलाई बुझ्नुपर्ने सन्देश दिएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖