जेन–जी आन्दोलनले उठाएका मागलाई आत्मसात् गर्ने अपेक्षा भइरहँदा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भने आत्मालोचना नगरी ध’म्की सैलीमा उत्रिएका छन्।
ओलीले भने, “मैले कुनै गल्ती गरेको छैन। जनताले मेरो काममा प्रश्न उठाउने ठाउँ छैन। जे–जे निर्देशन दिएको छु, सबै रेकर्डेड छन्। कर्मचारीलाई दिएको निर्देशन, प्रहरीलाई दिएको निर्देशन–सबै बाहिर ल्याउनूस्, म छाेटछाेट छैन।”
उनले वर्तमान सरकार संवैधानिक बाटोबाट नभई तो’डफो’ड र आ’गजनीबाट बनेको आरोप लगाउँदै भने, “यो सरकार जनताको अभिमतबाट बनेको होइन। यसलाई मेरो काम बाहिर ल्याउन चुनौती दिन्छु।”
ओलीले आफ्ना पुराना प्रतिबद्धता दोहोर्याउँदै भने, “म प्रधानमन्त्री हुँदा भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न भन्ने नारा लगाएको थिएँ। त्यो अहिले पनि कायम छ। मैले पनि भ्रष्टाचार गरिनँ, सकेसम्म अरुलाई पनि गर्न दिएनँ। फेरि गर्दिनँ, गर्न पनि दिन्न।”
पासपोर्ट रोक्का गर्ने निर्णयबारे आक्रोशित हुँदै उनले प्रश्न गरे, “पासपोर्ट रोकेर के सोचेको हो? यो हाहुको सरकारले ठानेको हो कि हामी विदेश भाग्छौं? देशलाई जिम्मा लगाएर हामी किन भाग्ने?”
