भदौ २३ को आन्दोलनमा १९ जनाको मृ’त्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेनाप्रमुख अशोकराज सिग्देलले राजीनामा दिन चारपटक आग्रह गरेको खुलासा भएको छ।
सेना निकट स्रोतका अनुसार सोही साँझ सेनाप्रमुख सिग्देल बालुवाटार पुगेका थिए। उनले परिस्थिति नियन्त्रणमा ल्याउन प्रधानमन्त्रीलाई राजीनामाको सुझाव दिए तर ओलीले अस्वीकार गर्दै “सेनाले मलाई सिकाउने?” भन्दै आ’क्रामक व्यवहार देखाएका थिए।
त्यसपछि देउवामाथि आ’क्रम’ण र बालुवाटार वरिपरि भीड बढेपछि सुरक्षाको मागमा पुनः सेनाप्रमुख सिग्देल हेलिकप्टरमार्फत बालुवाटार पुगे। त्यही क्रममा उनले क’डा सैलीमा द’वाव दिँदै भने, “राजीनामा नगरेसम्म हामी तपाईंको सुरक्षा गर्न सक्दैनौं।”
एक सैनिक अधिकारीका अनुसार सेनाप्रमुखको सो द’बाबपछि मात्र ओली राजीनामा दिन तयार भएका थिए।
