• Wednesday 21st of October 2026

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन दशैं मनाउन सार्वजनिक बसमार्फत पुगे गृह जिल्ला झापा


  • धनकुटा खबर
  • .

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन दशैं मनाउन सार्वजनिक बसमार्फत गृह जिल्ला झापा पुगेका छन्।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङदेनले माइक्रो बसको टिकट काटेर यात्रा गरेका हुन्। उनले जनप्रतिनिधि जनतासँग हिँड्न सक्दैनन् भन्ने धारणा असत्य भएको भन्दै लिङदेनको उदाहरण प्रस्तुत गरे।

‘हाम्रो नेताले पनि जनताले प्रयोग गर्ने बाटो रोज्नुभएको छ,’ श्रेष्ठले भने, ‘अध्यक्षज्यू सार्वजनिक बसमै झापा पुग्नुभयो।’

श्रेष्ठले सामाजिक सञ्जालमार्फत लिङदेनको शैलीको प्रशंसा गर्दै उनको तुलना नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖