• Wednesday 21st of October 2026

तोसिमा कार्कीले दिइन् चुनौती,भनिन् -संस्थापनसँग आँट छ भने खुला विशेष अधिवेशन गरियोस्


  • धनकुटा खबर
  • .

काठमाडौ । रास्वपा नेतृ तोशिमा कार्कीले आफूमाथि पार्टीभित्र ‘बुली’ गर्ने, अफवाह फैलाउने र मिडिया ट्रायल गर्ने प्रवृत्तिको कडा विरोध गरेकी छन्।

उनले जिम्मेवारपूर्वक उठाइएका राजनीतिक विषयलाई अतिरञ्जित गर्नेहरूलाई सचेत गराउँदै, “संस्थापनसँग आँट छ भने खुला विशेष अधिवेशन गरियोस्,” भनेर चुनौती दिएकी छन्।

कार्कीले आफू प्रहरिको गो’लीबीच आन्दोलनमा उभिएको व्यक्ति भएको उल्लेख गर्दै, प्यरो पार्टी, प्रिय मतदातालाई नछोड्ने स्पष्ट धारणा दिएकी छन्। उनले भनेकी छन्, “बुली र प्रोपागाण्डाबाट रत्तिभर नडराई राजनीतिक मैदानमै लडिरहन्छु। जय घण्टी, जय देश।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖