• Wednesday 21st of October 2026

‘जनताले चाहे म प्रधानमन्त्री बन्छु, पुराना दललाई चुनाव लड्न दिन्न’:सुदन गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौ । जेन–जी आन्दोलनका नेता र हामी नेपालका संस्थापक सुदन गुरुङले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिरासँगको विशेष अन्तर्वार्तामा आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारी रहेको बताएका छन्।

रगतले लतपतिएको सेतो भेस्ट लगाएर अन्तर्वार्ता दिँदै गुरुङले जनताले जिम्मेवारी दिएको खण्डमा पछि नहट्ने प्रतिवद्धता जनाए। उनले पुराना राजनीतिक दलका नेताहरूले गरेका अपराधको छानबिन गरी तिनीहरूलाई चुनावमा भाग लिनै नदिने पक्षमा आफू अडानमा रहेको स्पष्ट पारे।

अल जजिराको ‘स्टार्ट हियर’ कार्यक्रममा गुरुङले नेपालमा ४८ घण्टाभन्दा कम समयमा जेन–जी आन्दोलनकारीहरूले सरकार ढाल्न सफल भएको उल्लेख गर्दै भने, “हामी अब पछि हट्दैनौँ, अन्त्यसम्म लड्छौँ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖