• Wednesday 21st of October 2026

गुण्डुमा एमाले सचिवालय बैठक, के ओलीले अध्यक्ष पद छाड्लान ?


  • धनकुटा खबर
  • .

काठमाडौं, १२ असोज । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको डेरा भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक सुरु भएको हो । जेन–जी आन्दोलन र सत्ता परिवर्तनपछि एमालेको यो पहिलो औपचारिक बैठक हो । एमालेको यस बैठकलाई सर्वत्र चासोको रुपमा हेरिएको छ ।

बैठकमा जेन जी संघर्ष, भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको अबको रोडम्यापबारे छलफल हुने बताइएको छ ।

आजको बैठकमा पदाधिकारीहरूले ओलीलाई अध्यक्ष पद छाड्न आग्रह गर्ने बताइएको छ । तर, ओली भने अध्यक्ष पद छाड्न राजी देखिँदैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖