काठमाडौ । प्रहरीको आन्तरिक प्रतिवेदनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन नियन्त्रण गर्न प्रहरीले अत्यधिक बल प्रयोग गरेको पुष्टि गरेको छ।
दुई दिनमै करिब ६ हजारभन्दा बढी राउन्ड गोली प्रहार भएको देखिन्छ, जसमा ४ हजार धातु र करिब २५ सय रबरका गोली थिए।
काठमाडौंको बानेश्वर संसद भवन अगाडि मात्रै झन्डै ३ हजार गोली चलेका थिए, जसका कारण १७ जनाले ज्यान गुमाए भने इटहरीमा थप दुईको मृत्यु भयो। साथै ८ हजारभन्दा बढी सेल अश्रुग्यास पनि प्रयोग गरिएको प्रतिवेदनले देखाएको छ।
यति ठूलो मात्रामा गोली प्रहार हुनु प्रहरीको ‘भीड नियन्त्रण’ नाममा गरिएको हिंस्रक दमनको प्रमाणका रूपमा आलोचना भैरहेको छ।
