• Wednesday 21st of October 2026

पुराना नेताहरूमाथि भ्रष्टाचार तथा हत्याका अनुसन्धान तीव्र पारिने र जरुरी परे उनीहरूलाई चुनावबाट रोक्ने तथा कारबाही हुने :सुदन गुरुंग


  • धनकुटा खबर
  • .

काठमाडौ । नागरिक आन्दोलनका अगुवा सुदन गुरुङले अल जजीरासँगको अन्तर्वार्तामा आगामी चुनावमा समूह भएर भाग लिने, पुराना नेताहरूमाथि भ्रष्टाचार तथा हत्याका अनुसन्धान तीव्र पारिने र जरुरी परे उनीहरूलाई चुनावबाट रोक्ने तथा कारबाही हुने बताएका छन्।

गुरुङले अर्को चरणको आन्दोलनले कोतपर्व र फ्रेन्च क्रान्ति भन्दा पनि भयंकर रुप लिन सक्ने चेतावनी दिएका छन्, साथै भारत र चीनसँग सन्तुलित सम्बन्ध चाहिने बताए।

उनले डिस्कर्ड र आधुनिक सञ्चार माध्यम प्रयोग गरेर आन्दोलन संयोजन गर्न सिकेको पनि जनाए।

मुख्य ६ बुँदा,

चुनाव लड्ने घोषणा, समूहका रूपमा चुनाव लड्ने, यदि जनताले रोजे प्रधानमन्त्रीको उम्मेदवार बन्न तयार।

पुराना राजनीतिक दल र नेताहरूलाई चुनाव लड्न नदिने योजना, भ्रष्टाचार र जेन–जी आन्दोलनमा भएको हत्याको त्वरित अनुसन्धान गरिने।

मुख्य नेताहरूलाई हिंसा र भ्रष्टाचारमा दोषी ठहरिए जेल जानुपर्ने, त्यो सुनिश्चित गरिने दाबी।

यदि पुराना पार्टीहरूले फेरि सत्ता जिते पनि त्यसलाई स्वीकार नगर्ने सम्भावना, पार्टीले आमूल परिवर्तन गरे मात्र मान्य हुनेछ।

सम्भावित राजनीतिक हिंसा, भविष्यमा थप हिंसा हुन सक्छ, त्यसको जवाफ र सुरक्षा बारे सतर्क रहन आव्हान।

परराष्ट्र नीति र छिमेकीसँग सन्तुलित सम्बन्ध चाहिने, डिस्कर्ड जस्ता प्लेटफर्मबाट आन्दोलन समन्वय गर्ने अनुभव भएको जानकारी।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖