काठमाडौ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को विरुद्ध निरन्तर विष वमन गर्दै आएका आफैंलाई ‘डा.’ भनेर चिनाउने निकोलस भुसाललाई बञ्चरेडाँडामा स्थानीयहरूले लखेटेका छन्।
फोहर व्यवस्थापन स्थलमा भुसाल जबरजस्ती प्रवेश गर्न खोज्दा धुनिवेशी नगरपालिकासँग नजिक रहेका एक नेतृलाई बोकेर पुगेका थिए। तर, स्थानीय कर्मचारी र सर्वसाधारणले उनलाई रोकेर लखेटेको स्थानीय बैकुण्ठ घिमिरेले जानकारी दिए। उनका अनुसार भुसालले फोहर व्यवस्थापनजस्तो संवेदनशील मुद्दामा राजनीतिक खेल खेल्न खोजेपछि स्थानीय असन्तुष्ट बनेका थिए।
भुसालले जेनजी विद्रोहको नाममा मन्त्री पद माग्दा असफल भएपछि सामाजिक सञ्जाल र मिडियामा बालेनविरुद्ध आक्रामक अभियान चलाउँदै आएका छन्। उनले बारम्बार बालेनको बदनाम गर्ने प्रयास गरे पनि राजधानीवासीले बालेनको कामलाई समर्थन गर्दै आएका छन्।
काठमाडौंवासीको ठूलो समस्या फोहर व्यवस्थापनमा बालेनले देखाएको दृढता र निर्णयलाई तोडमोड गर्न खोज्ने भुसालजस्ता व्यक्तिलाई स्थानीयहरूले स्वीकार नगरेको प्रस्ट भएको छ। राजधानी सफा गर्न चाहने जनताले बालेनको पक्षमा स्पष्ट सन्देश दिएको देखिन्छ।
