• Wednesday 21st of October 2026

आरजु राणाका भाइ भूषण राणाको घरमा सिआईबीको छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको निवासमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेको छ। आइतबार साँझ गरिएको छापामा केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको सिआईबी स्रोतले जनाएको छ।

भूषण राणा नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका सालो हुन्। करिब एक महिनादेखि युरोपमा रहेका उनी घरमा नभएका कारण प्रहरीको टोलीले निवासमै पुगेर कागजपत्र सङ्कलन गरेको हो।

स्रोतका अनुसार, घरभित्र स्रोत नखुलेको रकम तथा आर्थिक लेनदेनसँग सम्बन्धित कागजात हुनसक्ने आधारमा छापा मारिएको हो।

भूषणमाथि ठुला ठेक्का र नियुक्तिमा डिल गर्ने गरेको भन्ने आलोचना पहिले नै हुँदै आएको थियो। साथै, आरजु राणाको आर्थिक चलखेलमा उनी सहयोगी रहेको आरोपसमेत उठ्ने गरेको छ।

सिआईबीले हाल सङ्कलित कागजातहरूको अध्ययन गरिरहेको छ। एक उच्च अधिकारीका अनुसार, ‘प्रमाण पुष्टि भएमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖