तीन वर्ष देखि क्यान्सरसँग लडिरहेका कवि नवराज न्यौपाने संसारबाट बिदा भएका छन्।
उपचारका लागि कविता संग्रह समेत प्रकाशित गरेका उनले १० दिन अगाडी मात्र आफ्नो पछिल्लो ‘सपनाका लहरहरू – ६’ किनिदिन सबैमा आग्रह गरेका थिए ।
उनले लेखेका थिए,”करोडपति रोडमा आउने यो रोग, म त झन् त्यसै रोड रोमियो। कमाई धमाई सबै सकियो।
कृपया म सँग रहेको मेरो पुस्तक खरिद गरी जति बाँच्छु त्यति समयका लागि मद्दत गरिदिनु होला”
