काठमाडौ । पूर्वसभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयको गाडी सुविधा फिर्ता गरेका छन्।
सरकारले सेवानिवृत्त पदाधिकारीका सुविधा फिर्ता गर्न निर्णय गरेपछि उनीहरूले गाडी बुझाएका हुन्।
पूर्वसभामुख अग्नि सापकोटा, तारानाथ रानाभाट ले दशैँ पछि गाडी फिर्ता गर्ने सुचना दिएका छन् भने राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले पनि गाडी फिर्ता गरिसकेका छन्।
