• Wednesday 21st of October 2026

साधारण जीवनशैलीका शिक्षा मन्त्री महावीर पुन बिना सुरक्षा एक्लै एअरपोर्टमा


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री सुसिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन साधारण जीवनशैलीसहित एअरपोर्ट पुगेका छन्।

जेन–जी आन्दोलनका क्रममा युवाहरूले मन पराएका पात्र पुन मन्त्री बनेका हुन्। उनी दशैं र तिहारको अवसरमा कुनै सुरक्षाकर्मी वा तडकभडक बिना सामान्य यात्रुवत् एक्लै एअरपोर्ट पुगेको दृश्य सार्वजनिक भएको छ।

जनप्रिय छविका कारण पुनले मन्त्री भएपछि पनि सादगीपूर्ण जीवनशैली निरन्तरता दिँदै आएका छन्। उनलाई देखेर आम नागरिकले “साँचिकै नयाँ शैलीका मन्त्री यिनै हुन्” भन्दै स्वागत गरेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖