• Wednesday 21st of October 2026

एमाले नेता महेश बस्नेतमाथि साइबर अपराध अन्तर्गत अनुसन्धान


  • धनकुटा खबर
  • .

काठमाडौं — नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ।

जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले असोज ५ गते लेखेको पत्र हाल सार्वजनिक भएको हो। पत्रमा शोभा (जानुका) पाठकको जाहेरीका आधारमा बस्नेतमाथि अनुसन्धान अघि बढाउन भनिएको छ।

जाहेरीअनुसार बस्नेतले आफ्नो फेसबुक वालमा “नेपालको राजनीतिमा एउटा भालु पछिल्लो समयमा जहाँ पनि छरपष्ट बौलाउँदै हिँडिरहेको छ” भन्दै अमूर्त तरिकाले ‘भालु’ शब्द प्रयोग गरेर गाली बेइज्जती गरेको आरोप लगाइएको छ।

अब प्रहरीले बस्नेतको उक्त अभिव्यक्ति कसलाई लक्षित गरिएको हो र कुन प्रयोजनका लागि पोस्ट गरिएको हो भन्नेबारे स्पष्टिकरण लिनुपर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖