काठमाडौं — नेकपा एमालेको भ्रातृ संगठन युवासंघले अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने सिफारिस र नेता महेश बस्नेतमाथि अनुसन्धान अघि बढाउने तयारीप्रति आपत्ति जनाएको छ।
संघका अध्यक्ष क्षितिज थेबेले विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले प्रारम्भिक चरणमै आधारहीन शंका र पूर्वाग्रहका आधारमा ओलीको राहदानी रोक्काको सिफारिस गरेको आरोप लगाए।
युवासंघले बस्नेतविरुद्ध पनि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउन खोजिएको दाबी गर्दै सरकारले यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ।
