• Wednesday 21st of October 2026

मिराज ढुंगानाले प्रधानमन्त्रीलाई राखे पाँच एजेन्डा, दशैंपछि फेरि भेट्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं । जेन-जी अभियन्ता मिराज ढुंगानाले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था र अन्य चार एजेन्डा प्रस्तुत गरेका छन्। उनले आफूले उठाएका मुद्दामा निरन्तर दबाब दिने बताएका छन्।

मिराजका अनुसार भेटमा उनले चारवटा मुख्य विषय राखेका थिए– प्रत्यक्ष निर्वाचित कार्यकारी, जेन-जीको सरकारमा प्रतिनिधित्व, भ्रष्टाचार नियन्त्रण, समयमै चुनाव सम्भावना र विदेशमा रहेका नेपालीको मताधिकार।

प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा प्रधानमन्त्री कार्कीले संविधानअनुसार नहुने जवाफ दिएकी थिइन्। मिराजले भने, “तपाईंको नियुक्ति पनि संविधान अनुसार भएको होइन। यसको लागि हामी लड्छौं, प्रत्यक्ष निर्वाचित आउनैपर्छ।”

जेन-जीको प्रतिनिधित्वको विषयमा प्रधानमन्त्रीले सकारात्मक संकेत दिएकी थिइन् र मन्त्रीको लागि स्थान उपलब्ध हुने बताइन्। भ्रष्टाचार नियन्त्रणको विषयमा पनि सकारात्मक कुराकानी भएको मिराजले बताए।

चुनाव समयमै हुने सम्भावनाबारे सोध्दा प्रधानमन्त्रीले ६ महिनाभित्र चुनाव हुने आश्वस्त तुल्याएकी थिइन्। विदेशमा रहेका नेपालीले भोट गर्न पाउने विषयमा पनि योजना बनिरहेको जानकारी दिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖