• Wednesday 21st of October 2026

आफ्नै दम्भ र घमण्डका कारण प्रधानमन्त्री पद गुमाएर सेनाको शरणमा पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली


  • धनकुटा खबर
  • .

आफ्नै दम्भ र घमण्डका कारण प्रधानमन्त्री पद गुमाएर सेनाको शरणमा पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि पनि पुरानै शैलीमा देखा परेका छन्।

शनिबार भक्तपुरको गुण्डुमा पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका ओलीले आत्मप्रशंसा गर्दै अरूलाई दोष थोपर्ने शैली प्रदर्शन गरे। राजनीतिक विश्लेषकहरूका अनुसार, यो व्यवहारले उनको सोचमा कुनै परिवर्तन नआएको स्पष्ट देखायो।

७५ जनाको ज्यान जाने गरी भएको जनआन्दोलनपछि राजीनामा दिन बाध्य भएका ओलीले अझैसम्म आत्मसमीक्षा नगरेको र नैतिक जिम्मेवारी नस्वीकारेको आलोचना छ। उल्टै, आन्दोलन हिंसात्मक बन्नुमा आफूलाई जानकारी नै नभएको जस्तो देखाउने उनको भनाइ संवेदनहीनता र गैरजिम्मेवारीपनाको उदाहरण भएको टिप्पणी गरिएको छ।

ओलीको यस्तो प्रवृत्तिले नेपाली राजनीतिमा आत्मआलोचनाको संस्कार कमजोर पार्दै आएको विश्लेषण छ। जनआन्दोलनले उठाएका सवाल– जवाफदेहिता, पुस्तान्तरण, अवसरको समानता–लाई व्यक्तिगत आक्रमण ठान्नु, अझै पनि व्यक्तिकेन्द्रित राजनीतिमा अल्झिएको प्रमाण मानिएको छ।

विश्लेषकहरू भन्छन्,
“प्रधानमन्त्री हुँदा गोली कसले चलायो भन्ने थाहा नहुने, घटनाको जिम्मेवारी नलिने नेतृत्व राष्ट्रिय सुरक्षाको ग्यारेन्टी दिन सक्षम थिए त?”

यदि ओलीले अहिले आत्मसमीक्षा गर्दै नयाँ पुस्तालाई मार्ग प्रशस्त गरेको भए, त्यो परिपक्वता र जिम्मेवारीको उदाहरण हुने थियो। तर उनी अझै पनि सत्ताबाहिरको प्रधानमन्त्रीझैँ प्रस्तुत भइरहेका छन्।

अबको राजनीतिक परिदृश्यमा पुराना नेताहरूले “हामीबाहेक विकल्प छैन” भन्ने सोच त्यागेनन् भने, नयाँ पुस्ताले उठाएका आवाज अझ शक्तिशाली हुने देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖