• Wednesday 21st of October 2026

पोइला गइसकेकी श्रीमतीले जमानामा छाडेको खसम बिरामी परेको सुनेर गोहीका आँसु झार्दै धरधरी रोएजस्तो नाटक बन्द गरम् : सुर्य थापा


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले आफ्नो पार्टीको बारेमा चिन्ता नगर्न कांग्रेस, माओवादीसहित विभिन्न पाँच दललाई सुझाव दिएका छन् ।

उनले एमालेबारे चिन्ता नगर्न समाजवादी, मसाल, माओवादी, कांग्रेस र रास्वपालाई आग्रह गरेका हुन् । थापाले आफ्नो दलको नेतृत्व र भविष्यको चिन्तन र निर्णय गर्न आफूहरु सक्षम रहेको उल्लेख गरेका छन् । उनले एमालेको उचित संस्थागत संरचना र प्रक्रियाबाट त्यसबारे निर्णय गर्ने विश्वास दिलाएका छन् ।

थापाले फेशबुकमा लेखेका छन्-

नेकपा (एमाले) का बारेमा समाजवादी,माओवादी,मसाल, काँग्रेस र रास्वपाले चिन्ता नगरिदिनुस। आफ्नो नेतृत्व र भविष्यको चिन्तन र निर्णय गर्न हामी छौं र उचित संस्थागत संरचना र प्रक्रियाबाट गर्छौं। उहिले एमाले छाडेर हिडेकाहरूले बेकारमा अहिले किन फोस्रो चिन्ता गरिरहेका होलान्रु लाजमर्दो र अशोभनीय लाग्दोरहेछ।

पोइल गइसकेकी श्रीमतीले जमानामा छाडेको खसम बिरामी परेको सुनेर गोहीका आँसु झार्दै धरधरी रोएजस्तो नाटक बन्द गरम्।कसले के लेखिरहेको छरु एकपटक प्रोपाइलमा गई जाँचपरीक्षण गरेर बल्ल सही धारणा बनाउन कमसेकम देशभरिका पार्टी सदस्यहरूसम्मले गंभीरतापूर्वक ध्यान दिनु जरूरी देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖