काठमाडौ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफ्नै नेतृत्वशैली र निर्णय प्रक्रियामाथि सार्वजनिक रूपमा आलोचना गर्ने नेताहरूसँग लिखित स्पष्टीकरण सोध्ने तयारी गरेका छन्।
स्रोतका अनुसार, पूर्वमन्त्री गोकुल बास्कोटा, नेता योगेश भट्टराईसहित करिब आधा दर्जन नेतामाथि यो प्रक्रिया अघि बढाइने भएको हो। यी नेताहरूले हालै विभिन्न सञ्चारमाध्यममार्फत ओलीको नेतृत्वशैली र पार्टी सञ्चालन तरिकाबारे खुलेर प्रश्न उठाएका थिए।
ओली निकट नेताहरूले यसलाई पार्टी अनुशासन विपरीतको गतिविधि ठहर गर्दै सचिवालयमा छलफल गरेका छन्।
औपचारिक निर्णय चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको र यस घटनाले एमालेभित्र नेतृत्वप्रतिको असन्तोष अझ सतहमा ल्याउने आकलन गरिएको छ।
