• Wednesday 21st of October 2026

कान्तिपुरबाट बाहिरिए विजय पौडेल, सन्दीप लामिछानेको समाचार उपप्रमुखले स्वीकृति दिएपछि प्रकाशन भएको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ असोज । पत्रकार विजय पौडेल कान्तिपुर टेलिभिजनबाट बाहिरिएका छन् ।

उनले अबदेखि आफू कान्तिपुरकर्मी नभएको पनि स्पष्ट पारेका छन् ।

उनले क्रिकेटर सन्दीप लामिछानेबारे कान्तिपुर टिभी डटकममा प्रकाशित एक समाचारको विषयलाई लिएर व्यवस्थापन टिमले प्रश्न उठाएपछि नैतिक जिम्मा लिएर राजीनामा दिएका हुन् ।

कान्तिपुरका प्रवन्ध निर्देशक सम्भव सिरोहियाले लामिछानेसँग सम्बन्धित समाचारको विषयमा सार्वजनिक रुपमै समाचार प्रमुखमाथि प्रश्न उठाएका थिए ।

तर, विजयले आज आफ्नो राजीनामा दिँदै सो समाचार टिभीका समाचार उपप्रमुखले स्वीकृति दिएपछि टिभीको अनलाईनमा प्रकाशित भएको खुलासा गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖