• Wednesday 21st of October 2026

मेरो बारे सबै कुरा विस्तृतरूपमा बुझ्न चाहनेले मेरो आत्मकथाको किताब पढ्नु होला,बात कर्ता है : मन्त्री पुन


  • धनकुटा खबर
  • .

शिक्षामन्त्री महावीर पुन भन्छन् –

३२ वर्ष अगाडि अमेरिकाबाट फर्केर आएको र कमाई केही पनि नभएको व्यक्तिले करिब २०० भन्दा बढी गाउँमा इन्टरनेट पुर्‍याउन, ७ वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरेर प्रतिभाहरुलाई निःशुल्क हुर्काउन, कोरोना महामारीमा स्वास्थ्य सामग्रीहरू निःशुल्क वितरण गर्न र ३० वर्षदेखि बन्द भएको बीरगञ्ज कृषि औजार कारखाना पुनःसञ्चालन गर्न अहिले सम्म करोडौँ करोड रुपैयाँ आम जनताले किन दान गरे भनेर बुझौँ त।

अहिलेसम्म मलाई र श्रीमतीलाई पाल्ने, छोरीहरूलाई पाल्ने पढाई दिने काम आवश्यक पर्दा साथ मेरा साथी सहयोगिहरुले गर्छन्। मन्त्री भए पनि सबै खर्च पहिले देखि नै केही शुभचिन्तक साथिहरुले पुर्‍याई दिन्छन्। मलाई ढुक्क छ तलव भत्ता केही लिँदिन ।

कतै जाँदा हवाईजहाज टिकट, बस भाडा, ट्याक्सी भाडा म आफैले तिर्ने हो। सबै कुरा विस्तृतरूपमा बुझ्न चाहनेले मेरो आत्मकथाको किताब पढ्नु होला। बात कर्ता है।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖