• Wednesday 21st of October 2026

दशैंमा जेनजी अगुवाद्वारा सहिदलाई श्रद्दान्जलि


  • धनकुटा खबर
  • .

नेपालीहरूको महान चाड विजय दशमीको दिन जेन-जी आन्दोलनका अगुवाहरूले दशैं पर्व नमनाई शहादत प्राप्त गरेका आफ्ना साथीलाई सम्झिँदै मैनबत्ती प्रज्वलन गरेका छन्।

कार्यक्रममा उनीहरूले दिवंगत साथीहरूको सम्झनामा भावनाले ओतप्रोत गीत गाएका थिए। शहीदप्रति सम्मान व्यक्त गर्ने यो शैलीले उपस्थित युवाहरूलाई भावनात्मक उर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

पछिल्लो समय सुन्दन गुरुङसँग सम्बन्ध चिसिएको भनिएका मिराज ढुंगाना र घाइते जेन-जी युवा एकैठाउँमा देखिनुले आन्दोलनमा नयाँ सकारात्मक सन्देश गएको मानिएको छ। यसले जेन-जी आन्दोलनभित्र एकता र भावनात्मक नजिकतामा थप बल पुगेको टिप्पणी गरिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖