निर्वाचन आयोगमा ‘हाम्रो नेपाल’ नामको नयाँ पार्टी पहिले नै दर्ता भइसकेको छ। अध्यक्ष अनन्तराज घिमिरेकै नेतृत्वमा दर्ता भएको यो पार्टी, सुदन गुरुङको ‘हामी नेपाल’ सँग नजिक रहेको बताइन्छ।
घिमिरे पुरानो स्मरण सुनाउँछन्—
“तीन वर्षअघि केही युवा आयोगमा पार्टी दर्ता गर्न आएका थिए। पार्टीको नाम थियो– ‘हाम्रो नेपाली पार्टी’, चुनाव चिह्न– लौरो। मैले मजाकमै भनेँ, ‘यो त बालेनकै लौरो होइन र?’ उनीहरूले हाँस्दै जवाफ दिएका थिए– ‘हो, यो बालेनकै समर्थनमा हो।’”
आज आएर त्यही कुरा पुष्टि भएको छ। घिमिरे आफैं स्वीकार्छन्— पार्टी बालेनकै समर्थनमा दर्ता गरिएको हो।
लौरोलाई केवल चुनावी चिन्ह मात्र नभई संस्थागत रूप दिन इन्जिनियरदेखि बुद्धिजीवीसम्म जुटेर पार्टीलाई आयोगमा दर्ता गरिएको उनले खुलासा गरे ।
