• Wednesday 21st of October 2026

दुर्गा प्रसाईले गरे “तस्करको फिल्म” सार्वजनिक गर्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सामाजिक सञ्जालमार्फत नयाँ भिडिओ सार्वजनिक गर्ने तयारी भएको बताएका छन्। उनले आफूले तयार पारेको “तस्करको फिल्म” मार्फत १०० जनाको नामावलीसमेत सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

प्रसाईका अनुसार यो फिल्मले कर्मचारी, ठेकेदार र पहुँचवालाले कसरी राष्ट्र बेच्दै आएका छन् भन्ने पर्दाफास गर्नेछ। उनले यसलाई “सिस्टमको एक्स–रे” भन्दै, तस्करीमा संलग्नहरूको सम्पत्ति र आलिसान जीवनशैली देखाइने उल्लेख गरे।

उनले बारबारा फाउन्डेसनको लगानी र यसकै आधारमा सरकार कसरी बनेको भन्नेबारे पनि भिडियोमा उजागर गर्ने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖