• Wednesday 21st of October 2026

गुरुङको १० वर्षको अनुभवका कारण छलफलमा सहभागी गराइएको हो’ : गृहमन्त्री ओमप्रकाश अर्याल


  • धनकुटा खबर
  • .

‘गुरुङको १० वर्षको अनुभवका कारण छलफलमा सहभागी गराइएको हो’ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी नेता सुदन गुरुङले विपद् व्यवस्थापन प्राधिकरणको बैठकमा अनधिकृत पहुँच बनाएर कर्मचारीलाई निर्देशन दिएको भन्ने सामाजिक सञ्जालमा फैलिएको आरोप असत्य भएको बताएका छन्।

उनले गुरुङलाई विपद् उद्धारको क्षेत्रमा अनुभव भएकाले विज्ञको रूपमा बैठकमा बोलाइएको स्पष्ट पारेका छन्।

कान्तिपुरसँगको कुराकानीमा गृहमन्त्री अर्यालले भने, “गुरुङलाई निर्देशनका लागि होइन, विज्ञताको उपयोग गर्नका लागि बोलाइएको हो। उनीसँग १० वर्षभन्दा बढीको विपद् उद्धार अनुभव छ, त्यसैले सरकारले उनको अनुभव सुन्ने उद्देश्यले छलफलमा सहभागी गराएको हो।” उनका अनुसार बैठकमा सुदन गुरुङ मात्र नभई नागरिक क्षेत्रका अन्य प्रतिनिधिहरू पनि सहभागी थिए।

अर्यालले नागरिक र जेन–जीका प्रतिनिधिहरूले पनि विपद् व्यवस्थापनमा आफ्नो अनुभव र सुझाव राख्न पाउने उल्लेख गर्दै यसलाई विवादमा ल्याउन नहुने बताए।

“यदि अनधिकृत पहुँच र दुरुपयोग भएको भए चिन्ता गर्नुपर्ने हुन्थ्यो, तर त्यो अवस्था अहिले छैन,” उनले स्पष्ट गरे। उनले सबैलाई सकारात्मक रूपमा हेरी सहकार्य र समन्वयमार्फत विपद्‌ पीडितको सहयोगमा जुट्न आग्रह गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖