काठमाडौं । रिपोर्टर्स क्लब नेपालमा गत सेप्टेम्बर १४ मा आयोजित सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलदंगा मच्चाउने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ परेका छन्। लामा काठमाडौंको मनोहरा निवासी हुन्।
जेन–जी आन्दोलनपछि भदौ २५ गते आर्मी मुख्यालयमा पनि उनी विवादमा तानिएका थिए। सो क्रममा उनी लफडाबाजीमा संलग्न भएको भिडियो सार्वजनिक भएपछि जेन–जी समूहले उनको पहिचान खुलाएको थियो र उनी एमाले कार्यकर्ता भएको पुष्टि गरेको थियो।
सुदन गुरुङको कार्यक्रममा पनि लामाले बलजफ्ती घुसपैठ प्रयास गरेका थिए। उक्त घटनापछि क्लब परिसरमै उनका साथ हातपात भएको थियो।
