• Wednesday 21st of October 2026

पार्टी एकताबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीले बोलायो बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

उपाध्यक्ष प्रकाश ज्वालाले असोज २४ गते केन्द्रीय सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार सचिवालयपछि क्रमशः स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछ ।

‘सचिवालयले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक मिति तय गर्छ’, ज्वालाको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीले भदौ अन्तिम साता नै पार्टी कमिटीहरूको बैठक बोलाए पनि जेनजी आन्दोलनका कारण बस्न सकेको थिएन । एकीकृत समाजवादीको अघिल्लो सचिवालय बैठकले पार्टी एकताका लागि वार्ता नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता कमिटी गठन गरेको थियो ।

अव बस्ने बैठकले पार्टी एकताबारे थप छलफल गर्ने सो पार्टीका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖