• Wednesday 21st of October 2026

बालेन र सुदन पक्राउको माग गर्दै प्रहरीमा अखिलको टोली


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको टोली जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दाबी गर्दै हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन) विरुद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ ।

अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र हालका महासचिव दीपक धामीसहितको टोली प्रहरी परिसर पुगेको हो । यसअघि मंगलबार नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदन गुरुङ समूहका जेनजीले निवेदन दिएका छन् ।

प्रहरीले उनीहरूको निवेदन लिएर गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पठाएको जनाएको छ ।

दुवै पक्ष भद्रकालीस्थित प्रहरी परिसरमा आमनेसामने भएसँगै त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖