• Wednesday 21st of October 2026

बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी पनि परेको छ।

युवराज सफल भनिने युवराज पौडेलले मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
राजद्रोह गरेको कसुरमा जाहेरी परिसरमा दिइएको छ।

उक्त जाहेरीलाई भदौ २३ र २४ गतेको घटनासम्बन्धी बनेको जाँचबुझ आयोगमा पठाउने तयारी छ।

यस्तै मंगलबार एमालेनिकट अनेरास्ववियुले पनि मेयर बालेन र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जाहेरी दिएको थियो। त्यसलाई पनि आयोगमै पठाउने तयारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖