• Wednesday 21st of October 2026

रास्वपाको कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी भैरहेको छ।

सभापति रवि लामिछानेको ठाउँमा सर्वमान्य व्यक्तिलाई अध्यक्ष बनाउने रास्वपाका नेताहरूले विचार गरिरहेका छन्। उक्त योजना काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को समर्थन पाएपछि तीव्र छलफल सुरु भएको छ।

श्रोतका अनुसार, रवि, बालेन र घिसिङबीच चरणबद्ध रूपमा छलफल भैरहेको छ। बालेनसँगको वार्तामा पार्टी नाम र चुनाव चिह्न (रास्वपा र घण्टी) भने पुरानै रहने सहमति पनि बनेको छ।

त्यस्तै, घिसिङले रवि र बालेनको समर्थन पाएपछि नयाँ दल दर्ता गर्ने योजना रोकेर रास्वपाको नेतृत्वमा बसेर अघि बढ्ने योजना बनाइरहेको स्रोतले बताएको छ।

रास्वपाभित्र २३–२४ भदौको जेन–जी आन्दोलनपछि मतभेदहरु देखा परेका थिए। बालेनले नयाँ दल खोल्ने चर्चा गरिरहेका थिए तर स्रोतका अनुसार उनले परम्परागत शक्ति विरुद्धको संघर्षको सट्टा रास्वपालाई समर्थन गर्ने रणनीति रोजेका छन् ।-हिमाली पत्रिका

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖