अभियन्ता डा. निकोलस भुसालसहित माइतीघरबाट पक्राउ परेका ४४ जनालाई प्रहरीले बिहीबार साँझ रिहा गरेको छ।
राजधानीको माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा प्रहरीले भुसालसहितका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईका अनुसार पक्राउ परेकामध्ये डा. भुसालको स्वास्थ्य परीक्षण गर्दा उनले लागू औषध सेवन गरेको पाइएको छ।
‘स्वास्थ्य परीक्षणको क्रममा लागू औषध सेवन गरेको पाइएपछि उनलाई सुधार गृहमा राख्ने सर्तमा दाइको जिम्मामा रिहा गरिएको छ,’ एसपी भट्टराईले बताए।
