• Wednesday 21st of October 2026

एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक


  • धनकुटा खबर
  • .

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ ।

युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली र आयोजना गर्ने घोषणा गरेको थियो ।

तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖