काठमाडौं । नेकपा एमालेमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले लिखितरूपमै अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
ओलीको गुण्डुस्थित डेरामा आज बसेको सचिवालय बैठकमा उनीहरूले अब पुरानै सोचबाट पार्टी चल्न नसक्ने भन्दै लिखित राय राखेको एक पदाधिकारीले बताए ।
ओलीले नेतृत्व छाड्नुपर्ने पक्षमा आज पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे उभिएका छन् ।
‘लिखित ड्राप्ट पढेर उहाँहरूले त्यहीँ छाडेर जानुभएको छ’, एक नेताले भने । नेतृत्व छाड्नुपर्ने कुरा हुँदा ओलीले धैर्यपूर्वक सुनेर टाउको हल्लाएका थिए ।-नेपाल प्रेस
