एमाले निकट राष्ट्रिय युवा संघले शान्तिपूर्ण मोटरसाइकल र्यालीको अनुमति माग्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ।
संघका नेता थेबेले चेतावनी दिँदै भने, “आइतबार हामीलाई शान्तिपूर्ण बाइक र्याली गर्न दिइएन भने, सरकारले हाम्रो विधिको शासन मान्ने र स्वीकार गर्ने कुरालाई कमजोर मान्ने हो भने हामी सडकमा ओर्लिएर सरकारको विरुद्धमा लाग्ने हो। चुड्कीको भर पनि रोक्ने सक्दैन यो सरकारले।”
उनले थपे, “हामी शान्तिपूर्वक र्याली गर्न चाहन्छौं, तर सरकारले त्यसलाई रोक्ने प्रयास गर्यो भने हामी सडकमै उत्रेर प्रतिवाद गर्नेछौं।”
यता, कैदीहरू जेलबाट फरार र प्रहरीका ह’तियार लु’टिएको घटनालाई लिएर सुरक्षा निकायले सरकारलाई हाल कुनै पनि प्रदर्शनको अनुमति नदिन सिफारिस गरेको छ। सरकारले यसै कारण अनुमति नदिएको हो।
