प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् पुनः विस्तार गर्दै चार जना जेनजी प्रतिनिधिलाई समेट्ने तयारी गरेकी छन्।
आगामी सोमबारसम्म शपथको तयारी भइरहेको स्रोतहरूले जनाएका छन्। मन्त्री बन्न लागेकाहरू हुन् – गणपतिलाल श्रेष्ठ (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन), बब्लु गुप्ता (युवा तथा खेलकुद), रामजी राम (स्वास्थ्य तथा जनसंख्या) र टासी ल्हाजोम (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक)।
श्रेष्ठ सम्पदासंरक्षणका अभियान्ता हुन्, गुप्ता ‘नि:शुल्क खाना अभियान’ र ‘कपडा बैंक’का संस्थापक, रामजी राम चमार समुदायका पहिलो डाक्टर र टासी ल्हाजोम जलवायु पैरवीकर्ता हुन्।
यो कदमले जेनजी पुस्तालाई सत्ताको नेतृत्व तहमा पुर्याउने पहिलो औपचारिक कदमको रूपमा हेरिएको छ।
