काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तान्तरणको क्रममा महेश बस्नेतलाई पार्टीको नयाँ अध्यक्ष बनाउने तयारी गरेका छन्।
सचिवालय बैठकमा पुस्तान्तरणका लागि बढ्दो दबा’बपछि ओलीले आफ्ना निकट नेताहरूसँग बस्नेतको नाममा सहमति जुटाउन आग्रह गरेका छन्।
हालै ओलीले महेश बस्नेतलाई “पार्टीको एक्लो बहादुर नेता” भन्दै खुलेर प्रशंसा गरेका थिए। उनका अनुसार, बस्नेत कम्युनिष्ट सिद्धान्तका मात्र नभई नेतृत्वप्रति निष्ठावान् नेता हुन्।
जेनजी आन्दोलनपछि बस्नेतले आफ्नै नेतृत्वमा विभिन्न कार्यक्रम आयोजना गर्दै ओलीलाई राजनीतिक फोरम तयार पार्ने काम गर्दै आएका छन्।
सुरक्षा कारण ओलीलाई बालकोटबाट गुण्डुस्थित बस्नेतको क्षेत्रमा सारिएको बताइन्छ।
