• Tuesday 20th of October 2026

शशांकको कडा सन्देश देउवालाई– “पार्टी विघटन गर्नुस्, कार्यबाहक सभापति तोक्नुस्!”


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई खुला चुनौती दिंदै पार्टी केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न र कार्यबाहक सभापति तोक्न आग्रह गरेका छन्।

शनिबार सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देउवालाई अब सत्ता होइन, संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने चेतावनी दिए।
उनका अनुसार, देउवाले नेतृत्व हस्तान्तरण गरेर मंसिरसम्म पार्टीको नियमित महाधिवेशनको मिति घोषणा गर्नुपर्ने बेला आएको छ।

शशांकले भने,

“विशेष होइन, नियमित महाधिवेशन गर्नुपर्छ। एक जनालाई कार्यबाहक सभापति दिनुस्, उहाँले नै मिति तय गर्नुपर्छ।”

उनको भनाइ अनुसार, कांग्रेसमा नेतृत्व परिवर्तनको माग अब अवरोध गर्न नसकिने लहरमा बदलिँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖