• Tuesday 20th of October 2026

हामी नेपालका संस्थापक सुदन गुरुङले दिए आफू र संस्थामाथि भ्रम फैलाइएको भन्दै प्रहरीमा उजुरी दिने चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौ । हामी नेपालका संस्थापक सुदन गुरुङले आफू र संस्थामाथि भ्रम फैलाइएको भन्दै प्रहरीमा उजुरी दिने चेतावनी दिएका छन्।

टीओबी लेखिएका ज्याकेट लगाएका युवाको भिडियोसँग आफूलाई जोडेर गरिएको प्रचार ‘पूर्ण रूपमा गलत’ भएको उनले बताए।

गुरुङले भने, “म त्यो भिडियोलाई ध्यानपूर्वक हेरेँ, म त्यहाँ कतै पनि देखिँदिन। अनि कसरी म सहभागी भइँ भन्ने प्रचार गर्न सकिन्छ?”
उनले थपे, “फेक न्युज फैलाउने जो–कोही होस्, अब कानूनी रूपमा जवाफदेही हुनुपर्छ।

हाम्रो आईटी टिमसँग प्रमाण राखेर प्रहरीमा उजुरी हाल्छौँ। यदि म दोषी ठहरिएँ भने कारबाही गर्नुपर्‍यो, नभए ममाथि गलत प्रचार गर्नेहरूलाई गर्नुपर्‍यो।”

गुरुङले आफू र संस्थालाई बदनाम गर्ने ‘साइबर सेनाको प्रवृत्ति’ बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖