• Tuesday 20th of October 2026

एमाले सचिवालय बैठकको निर्णयः संसद पुनःस्थापना हुनुपर्छ


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधि सभा पुनःस्थापनाको माग गरेको छ।

आइतबार बसेको सचिवालयको ५८ औं बैठकले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘प्रतिनिधि सभाको विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ। असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधि सभा विघटनलाई बदर गर्र्दै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖