• Tuesday 20th of October 2026

संसद् पुनर्स्थापनाका लागि अदालत जाने एमालेको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपा एमाले अदालत जाने भएको छ ।

भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले अदालत खुल्नासाथ अदालत जाने निर्णय गरेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अदालत संसद् पुनर्स्थापनाका लागि अदालत जाने निर्णय भएएको जानकारी दिए ।

‘अहिलेका कुनै पनि गतिविधि चुनाव उन्मुख छैनन् । यो विघटन नै असंवैधानिक भएकाले त्यो पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो माग छ,’ ज्ञवालीले भने, ‘अदालत खुलोस्, अनि हामी जान्छौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖