• Sunday 4th of October 2026

प्यालेस्टाइनको समर्थन गर्दा पोर्न स्टार मिया खलिफाको गयो जागिर


  • धनकुटा खबर
  • .

इजरायल र हमास द्वन्द्वको बीचमा प्यालेस्टाइनलाई समर्थन गरेपछि पोर्नस्टार मिया खालिफाले आफ्नो जागिर गुमाएकी छिन।

केही समयअघि क्यानडाली प्रसारक तथा रेडियो होस्ट टोड शपिरोसँगको मियाको व्यापारिक सम्झौता भएको थियो । तर, प्यालेस्टाइनलाई समर्थन गरेपछि खलिफालाई सो सम्झौताबाट बर्खास्त गरिएको छ ।

प्यालेस्टाइनको समर्थन मियालाई महँगो परेको छ । ३० वर्षीया खालिफा यतिबेला आफ्नो ट्वीटकै कारण सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन् ।

उनले हमासको आक्रमणलगत्तै ट्वीटरमार्फत प्यालेस्टाइनको समर्थन गरेकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘यदि तपाईँ प्यालेस्टाइनको अवस्था हेर्न सक्नुहुन्छ र प्यालेस्टिनीको पक्षमा हुनुहुन्न भने तपाईँ भेदभाव गर्दै हुनुहुन्छ र यसलाई समयले देखाउनेछ ।’

उनले पुन: दोस्रो ट्वीट गरेकी थिइन् । दोस्रो ट्वीटमा लेखिएको छ,‘म विश्वास गर्न सक्दिन कि नक्कली गुच्ची शर्ट पछाडि जियोनिस्ट भेदभाव लुकाइएको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖