इजरायली पूर्वराजदूत हानान गोदारले बिपिन जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल पठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सम्झिएर लेखेका छन्:
“बिपिन जोशी अब हामीसँग छैनन्
दुई वर्षको आशा आज समाप्त भयो।
इजरायल जानुअघि नेपालमै बिपिनलाई भेट्ने अवसर पाएको थिएँ। उनि एक ऊर्जावान, आकर्षक र क्षमतावान विद्यार्थी थिए, जसले आफ्नो परिवार, समुदाय र देशका लागि केही राम्रो गर्न चाहन्थे।
शान्तिमा रहोस् बिपिन, हामी सबै तपाईंलाई धेरै सम्झनेछौं।
