• Tuesday 20th of October 2026

भ्रष्टाचार अन्त्य गर्न कानुन ल्याउने प्रधानमन्त्री मै हुँः देउवा


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐन बनाएर भ्रष्टाचार निवारण गर्न खोज्ने प्रधानमन्त्री आफू नै भएको बताएका छन्। मंगलबार केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भ्रष्टाचार अन्त्य गर्नकै लागि भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको बताएका हुन्।

‘सामाजिक कुरितिको रुपमा रहेको कमैया मुक्ति छुवाछुत मुक्त नेपालदेखि सामाजिक रुपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाइ गर्व महशुस हुन्छ नेपालमा भ्रष्टाचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको हुँ। नेपालमा भूमि माथिको द्वैध स्वामित्वको अन्य गरेर वैज्ञानिक भूमिसुधार लागु गरेको हुँ । यसकै जगमा अहिले हदबन्दी लागु हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो,’ उनले भने।

उनले जेनजी पुस्ताले उठाएको भ्रष्टाचार अन्त्यको मागमा आफ्नो पनि समर्थन रहेको बताएका थिए।

आफूले नेपाली कांग्रेसलाई सधै सबै जात क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकता सहितको पार्टी बनाउने प्रयास गरेको पनि बताए।

‘चाहे पार्टीभित्र कदमजमको नीति लागु गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरुमा आरक्षणको व्यवस्था गरेर अधिकतम समावेशी बनाउने अभियाननै चलाए। म यस काममा गर्व पनि गर्न चाहन्छु। मैले छोटो छोटो समयका लागि भए पनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाए। पाँच पटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो। त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिए। तर पनि मैले कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको तपाईहरुलाई अवगत नै छ,’ उनले भने।

उनले आफूले सम्पत्तिमा महिलाहरूको स्वामित्व स्थापित गर्न मैले मुलुकी ऐनको ११ औं संशोधन गरेर पैतृक सम्पत्तिमाथि महिला र पुरुषको हक स्थापित गरेको बताए।

‘दलित, महिला, जनजाति लगायतका समुदायको उत्थानका लागि आयोग बनाएर संरचनागत सुधार गरेको हुँ,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖