• Tuesday 20th of October 2026

राष्ट्रपति पौडेल र अध्यक्ष नेपालले दिए विपिनलाई श्रद्धाञ्जली


  • धनकुटा खबर
  • .

राष्ट्रपति रामचन्द्र पौडेल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सिक्दै र कमाउँदै (लर्न एन्ड अर्न) कार्यक्रममा सहभागी हुन इसराइल गएका नेपाली विद्यार्थी विपिनको निधनको खबरले आफू मर्माहत भएको राष्ट्रपति पौडेलले बताएका छन्।

हमासको कब्जामा रहेका विपिनको रिहाइको लागि आफूले समेत पटक पटक अथक प्रयास गरेको स्मरण गर्दै उनले मंगलबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘…जोशीको निधनको खबरले स्तब्ध भएको छु। जोशीप्रति हार्दिक श्रद्धाञ्जली। शोकाकुल परिवारजन र शुभेच्छुकप्रति हार्दिक समवेदना।’

एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले पनि विपिनलाई श्रद्धाञ्जली दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शब्द नै रित्तिएजस्तो भयो, जे नहोस् भन्ने थियो, त्यही भयो। हाम्रो आर्थिक–सामाजिक बाध्यताबीच विदेशी भूमिमा बढेको द्वन्द्वले हामीलाई नै पीडा थप्यो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖