• Tuesday 20th of October 2026

मोटरसाइकल एस्कर्टिङमा रामबाघ महल पुग्दै ओली


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज २९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले मोटरसाइकल स्कर्टिङ गर्दै भक्तपुरको गुण्डुबाट ललितपुर पु¥याउने भएको छ ।

झम्सीखेल भनिमण्डलस्थित रामबाघ महलमा आज बिहान शुरु हुने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन ओलीलाई गुण्डुबाट मोटरसाइकल स्कर्टिङ गरेर पार्टी प्यालेस पु¥याउन लागिएको हो । युवा संघले फर्किदा पनि ओलीलाई स्कर्टिङ गरेर गुन्डु पु¥याउने छ ।

एमालेको १०औं केन्द्रीय कमिटी बैठक आजदेखि रामबाघ महलमा शुरु हुँदैछ। बैठकको प्रारम्भमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ।

प्रतिवेदनमा हालैको जेन जी प्रदर्शन र विध्वंश,त्यसको प्रभाव र परिणाम,जेन जी विध्वंशपछि गठित अन्तरिम सरकार, आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा भाग नलिने र सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना गराउने विषयहरू रहेको बुझिएको छ ।

सरकारले ओलीको सुरक्षा कटौती गरेपछि उनको सुरक्षाको जिम्मा पूर्वसैनिक, पूर्वप्रहरी सङ्गठन र एमाले निकट राष्ट्रिय युवा संघ नेपालले लिएको छ । युवा संघले गुन्डुस्थित ओली निवासमा समेत युवा संघले पहरा दिदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖