• Tuesday 20th of October 2026

पेट्रोलको मूल्य घट्यो


  • धनकुटा खबर
  • .

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।

निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो।

मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५९ कायम गरिएको निगमले बुधबार विज्ञप्ति जारी गरेर जनाएको छ।

तर, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य यथावत राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖